Incident Reports

भक्तपुरमा डिउटीमा खटिएका प्रहरीमाथि हातपात, २ जना पक्राउ

2020-10-03

Bagmati, Bhaktapur, Bhaktapur, Ward 7

भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।  शनिबार राति मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।  महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports