Incident Reports

हत्याका आरोपित मोर्चाका सदस्यलाई सर्वस्वसहित जन्मकैद l

2014-05-19

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokharel सप्तरी । ०७१ जेठ ५ गते लोहजरा गाविस-८ का इस्लाम मियाँको अपहरण गरी हत्या गरेको आरोपमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका वार्ता टोली सदस्य त्रिकोल गाविस-३ निवासी ३३ वर्षीय अमरेन्द्र गोइतलाई जिल्ला अदालतले जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले आरोपितलाई मियाँको अपहरण गरी गोली हानी हत्या गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । अदालतले आरोपितहरु त्रिकोल गाविस-३ का सुरेन्द्र गोइत र सुनिल लगरवारलाई अभियोग दावीबाट सफाइ दिएको छ भने अर्का आरोपित त्रिकोल गाविस-३ का जयप्रकाश यादवका हकमा मुद्दा मुल्तबी राखिएको छ । आरोपितले घरबाट अपहरण गरी गोली हानी हत्या पश्चात खोलामा फालेको अवस्थामा ०६६ फागुन २३ गते पीडितको लाश फेला परेको थियो । पीडितकी पत्नी सहदिन खातुनले आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी ०६७ जेठ ५ गते दर्ता भएको थियो । जिल्ला अदालतका तत्कालिन न्यायाधीश किरण प्रसाद शिवाकोटीको आदेशले आरोपितहरु ०६७ जेठ ६ गतेदेखि पुर्पक्षका लागि राजविराजस्थित जिल्ला कारागार सप्तरीमा थुनामा थिए । सप्तरीपछि जिल्ला कारागार रामेछापमा थुनामा राखिएका आरोपितहरु हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा छन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis