Incident Reports

हत्या गरी फालेको अवस्थामा पुरुषको शव फेला

2020-10-07

Madhes, Parsa, Jagarnathpur, Ward 2

वीरगञ्ज, २१ असाेज । पर्सामा हत्या गरी फालेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  मंगलबार अपरान्ह पर्साको जगरनाथपुर गाउँपालिका-२ दसैतामा गण्डक नहरमा बग्दै आएको अन्दाजी ३५–३६ वर्षीय पुरुषको शव फेला परेको छ ।

जगरनाथ पुर गाउँपालिका २ दसैंतास्थित गण्डक नहरमा हत्या गरी बोरामा हालेर बाँधेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी प्रवक्ता कुँवरले बताए ।

गण्डक नहर भारतबाट नेपाल प्रवेश गर्ने नाका नजिकै दशगजा क्षेत्रभन्दा २ सय मिटर नेपालतर्फ शव फेला परेको र मृतक भारतीय नागरिक हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । महिला र पुरुषको हत्याको प्रकृति एकै किसिमको भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports