San Bahadur Thapa
एक १३ वर्षीया बालिकालाई बेचविखन गरेको आरोपमा दाङ जिल्ला बाराकोटी गाविस-७ की १८ वर्षीया सञ्जिता सुनार, सोही ठाउँकी १८ वर्षीया सुष्मा चौधरी र पोखरा उमनपा-९ की १८ वर्षीया किस्मिता नेपालीलाई जिल्ला अदालतको जेठ ५ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बालिकालाई जागिर लगाईदिने र विदेशमा पढाई दिने प्रलोभनमा पारी पोखराबाट पाल्पा हुँदै वैशाख ३ गते सुनौली पुर्याई होटलमा राखेकोमा वैशाख ४ गते सुनौलीबाट सीमा पार गर्नेक्रममा प्रहरीले उद्धार गरेको थियो ।
घटनामा संलग्नलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरेको थियो ।
सनबहादुर थापा