Incident Reports

मानव बेचविखनको आरोपमा गिरफ्तार l

2014-05-22

Natibabu Dhital सिन्धुपाल्चोक । ०७१ जेठ ७ गते बराम्ची गाविस-२ स्थित सोतीगाउँकी १९ वर्षीया कविता घिमिरेलाई जेठ ६ गते मानव बेचबिखनको आरोपमा प्रहरीले सागाचोक गाविस-९ स्थित बन्देउबाट गिरफ्तार गरेको छ । आरोपितले गुम्बा गाविस-५ की १८ वर्षीया एक महिलालाई बिक्री गर्ने उद्देश्यले काठमाडौँ लैजान लागेको आरोप छ । मानव बेचबिखन विरुद्ध काम गर्ने एक गैरसरकारी संस्थाको सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बोहराले बताए । पीडितले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितले दिएको जाहेरीमा गुम्बा गाविस-१ स्थित गुण्डेगाउँका राम तामाङले पीडितको नागरिकतामा उमेर बढाउन कविता घिमिरेसँग साथ लगाएर सदरमुकाम चौतारा पठाएको उल्लेख छ । आरोपित राम तामाङ भारतमा बस्दै आएका छन् । आरोपित कविता घिमिरेको भनाई अनुसार राम तामाङको निर्देशन अनुसार आफूले पीडितलाई सदरमुकामबाट काठमाडौँ लैजान लागेको बताइन् । नातिबावु धिताल

0 Comments