Incident Reports

बलात्कारको घटनामा सहयोग गरेका आरोपितहरू धरौटीमा रिहा l

2014-05-21

Madhes, Saptari, Dakneshwori

१५/१५ हजार धरौटी राखेर जेठ ७ गते रिहा भएको अदालतले जानकारी दिएको छ । फरार रहेका बलात्कारका आरोपित पातो गाविस-१ का १८ वर्षीय ब्रहृम साहलाई वारेण्टसहितको म्यादी पुर्जी जारी भएको छ । राजविराज नपा-६ स्थित डेरा गरी बस्ने ब्रहृम साहले पीडितलाई घरको माथिल्लो कोठामा वैशाख ४ गते बलात्कार गरेको र राजेश र सन्तोषले कोठा उपलब्ध गराई बाहिर बसी पहरा दिएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा वैशाख १२ गते उजुरी दिएकी थिइन् । प्रहरीले राजेश र सन्तोषलाई वैशाख १३ गते गिरफ्तार गरी वैशाख १४ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो। पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा वैशाख १२ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis