Incident Reports

नेकपा पर्साको सपथग्रहण कार्यक्रममा झडप : एक दर्जन बढी कार्यकर्ता घाइते, एकको अवस्था चिन्ताजनक

2020-10-22

Madhes, Parsa, Bindabasini

बीरगंज (पर्सा), ६ कात्तिक । पर्साको बिन्दवासिनी गाऊपालिकास्थित नेकपाको नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतोको दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममा झडप भएको हो । उक्त झडपमा परी २ जनालाई गम्भीर चोटपटक लागेको छ भने एक दर्जन बढी कार्यकर्ताहरु घाइते भएका छन् ।

घाइते सबैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर चोटपटक लागेका दुई जनामध्ये एकको अवस्था चिन्ताजनक रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार एक जनाको टाउकोमा गम्भीर चोट पटक लागेको हुनाले नारायणी अस्पतालको इमेरजेन्सी वार्डमा उपचार गरी सिटी स्क्यान गर्न अस्पताल बाहिर लगेको र बाँकीको त्यही उपचार भइरहेको बताए ।

टाउकोमा चोट पटक लागेका ब्यक्तिको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको डा. चौरसियाको भनाइ छ । झडपमा घाइते भएका र गम्भीर अवस्था रहेको ब्यक्तिको नाम ठेगाना खुल्न नसकेको बताइएको छ ।

पर्सामा नेकपा अध्यक्ष र सचिवबीच विभाजित दुई समूहबीच सपथ ग्रहण कार्यक्रममै झडप भएको हो । घाइते समूह उपचारको लागि बीरगञ्ज आइपुगेको छ भने अर्को समूहको सपथ ग्रहण कार्यक्रम चलिरहेको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
Total Injured 14
National/Online Media

0 Comments