Incident Reports

पत्रकारलाई गरेको दुर्व्यवहारको घटना प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण l

2014-05-21

Binod Pandey बाँके । ०७१ जेठ ८ गते प्रहरीद्वारा पत्रकारलाई गरेको दुर्व्यवहार प्रति मानव अधिकारकर्मीहरूले जेठ ८ गते प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का निमित्त क्षेत्रीय संयोजक सरस्वती मल्ल, एडभोकेसी फोरमका क्षेत्रीय संयोजक बसन्त गौतम, मानव अधिकार एलायन्स अध्यक्ष प्रभात कुमार ठकुरी, पुनरावेदन बार इकाई अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, हिमराईट्स क्षेत्रीय संयोजक प्रकाश उपाध्याय, हरप्लेस प्रमुख टोपबहादुर खड्का, माईती नेपाल कार्यक्रम संयोजक केशव कोइराला, मानव अधिकार तथा सूचना केन्द्र विश्वजित तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार क्षेत्रनाथ देवकोटा, भगतराम थारु र सुनिल रेग्मीलाई जेठ ७ गते प्रहरीद्वारा भएको दुर्व्यवहारको घटना प्रति मानव गम्भीर ध्यानाकर्षण भएको जनइएको छ । प्रहरीद्वारा चेकजाँच गर्ने क्रममा आफ्नो पदिय मर्यादा विपरीत पत्रकारलाई अभद्र व्यवहार गर्नुका साथै दुर्व्यवहार गरेको घटना आफैमा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा शान्ति सुरक्षा कायम राख्ने सवालमा चेक जाँच गर्ने र कानुन बमोजिमको कारबाही गर्ने अधिकार प्रहरीलाई भए पनि डिउटीमा रहेकै अवस्थामा मादक पदार्थ सेवन गर्ने, जथाभावी बोल्ने, दुर्व्यवहार गर्ने, कुनै अभियोग र पक्राउ पुर्जि बिना हत्कडी लगाउने कार्यलाई कदापी कानुन सम्मतको कार्य मान्न नसकिने जनाइएको छ । विज्ञप्तिमा यस्ता घटनाले आम नागरिकको सुरक्षाका तल्लीन प्रहरी सङ्गठनको छबी धुमिल पार्नुका साथै कानुन कार्यान्वयन गराउने निकाय माथि नै जनविश्वासमा गुम्न सक्छ भनि उल्लेख गरिएको छ । अतः आगामी दिनमा यस्ता घटना हुन नदिन बेलैमा सचेत रहन, घटनाको छानबिन गरी दोषि माथि कानुनी कारबाही गर्न र आमजनतालाई शान्ति सुरक्षाको अनुभुति गराउन पनि विज्ञप्तिमा प्रहरी प्रशासनसँग माग गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis