Incident Reports

हद म्यादका कारण बलात्कार मुद्दा दर्ता नहुँदा पीडत पक्ष आक्रोसित l

2014-05-22

Arjun Basnet झापा । ०७१ जेठ ८ गते आफ्ना दुई नाबालिका छोरीहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीद्वारा जेठ ८ गते म्याद थप गर्न जिल्ला अदालत झापा लगिएका आरोपित पितालाई हद म्यादका कारण मुद्दा दर्ता नभएको जनाउँदै सरकारी वकिलले मुद्दा फिर्ता गरेपछि पीडित पक्ष आक्रोसित भएका छन् । आरोपितले १२ र १५ वर्षीया दुई छोरीहरूलाई ०७० चैत २९ गते पत्नी घरमा नभएको समयमा पालैपालो बलात्कार गरेपछि पीडितहरूले ०७१ वैशाख दोस्रो साता आमालाई बताएका थिए । परिवारले घटनाको विषयमा थाहा पाएपछि आरोपित घरबाट भागेर बेपत्ता भएका थिए । इन्सेकको सहयोगमा परिवारले दिएको सूचनाको आधारमा सुरुङ्गा गाविसग-२ स्थित जामुनखाडीबाट आरोपितलाई जेठ ६ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर भूपेन्द्र गिरीले गिरफ्तार गरी दमक प्रहरीलाई बुझाएका थिए । ईलाका प्रहरी कार्यालय दमकको टोलीले आरोपितलाई सोधपुछ तथा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि ०७१ जेठ ८ गते जिल्ला अदालत झापामा लगि म्याद थप गर्नेक्रममा जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायधिवक्ता रमेश सुवेदीले हद म्यादका कारण जबरजस्ती करणीमा मुद्दा दर्ता हुन नसक्ने बताएपछि म्याद थप नभई आरोपितलाई ईलाका प्रहरी कार्यालय दमक नै फर्काएको थियो । यस विषयमा जिल्ला न्यायधिवक्ता रमेश सुवेदीले घटना ०७० चैत २८ र २९ गतेको भएको र जाहेरीदरखास्त हिजोमात्र प्रहरीमा परेको कारण म्याद थपको लागि अदालतमा पठाउन नसकिएको वताएकाछन् । उनले जबरजस्ती करणीमा ३५ दिन भित्रमा उजुरी आईसक्नु पर्ने कानुनी प्रावधान रहेको बताएका छन् । पीडित पक्षलाई हाडनाताकरणीमा सिधै अदालतमा फिराद दिई मुद्दा दर्ता गर्न सल्लाह दिएकोसमेत सुवेदीले बताए । पीडितलाई कानुनी परामर्शमा सहयोग गरिरहेका कानुन व्यावसायी लक्ष्मी शिवाकोटीले हदम्यादका कारण मुद्दामा म्याद थप हुन नसकेको कारण आफू दुखीः भएको बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis