Incident Reports

बालिका बलात्कारका आरोपित धरौटीमा रिहा l

2014-05-22

२५ हजार धरौटी लिई तारेखमा रिहा गर्ने आदेश भएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । घर नजिकैको बाँसघारीमा पीडितलाई ०७० असार ७ गते राति ७ः३० बजे बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ०७० असार ९ गते उजुरी दिएका थिए । पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा ०७० असार ८ गते स्वास्थ्य परीक्षण गरिएको थियो । जिल्ला अदालतले फरार आरोपिका हकमा ०७० साउन १० गते म्याद पुर्जीसहित वारेण्ट जारी गरेको थियो । म्यादभित्र पनि आरोपित हाजिर नभएपछि जिल्ला अदालतले फरार आरोपितका हकमा मुद्दा मुल्तबी रहने गरी ०७० चैत ८ गते आदेश गरेको थियो । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis