Incident Reports

उपाध्यक्षले नै गरिन् रामारोशन गाउँपालिका कार्यालयमा तालाबन्दी

2020-10-28

Sudurpashchim, Achham, Ramaroshan

रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेकी छन्। उनले कार्यालयमा बुधबार तालाबन्दी गरेकी हुन्।

उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार समेत खोसिएकाले आफूले तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले स्थानीय सरकार ऎनविपरीत रुपमा उपाध्यक्षको अधिकार समेत खोसेको आरोप लगाएकी छन्।

उपाध्यक्ष रावलले गाउँपालिकाले गरेका नियुक्तिदेखि अनुगमनसम्मका काम कारवाही आफ्नो अनुपस्थितिमा गरिएको दाबी गरेकी छन्।

गाउँपालिकाका अध्यक्ष झङ्कार साउद र उपाध्यक्षको लामो समयदेखि विवाद छ। दुवैजना तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीबाट निर्वाचित हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments