Incident Reports

विप्लवको जनअदालतमा तुर्माखाद गाउँपालिका अध्यक्ष शर्मा

2020-10-17

Sudurpashchim, Achham, Turmakhad

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गराएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष शर्मालाई काेराेना महामारी राेकथामको लागिभएकाे अत्याधिक खर्चको बिषयमा उठेको बिषयमा सोधपुछको लागी हाजिर गराएको हो ।

कोरोना महामारीको नाममा गाउँपालिका भएको खर्चको हिसाब र अन्य बिकाश निर्माणको बिषयमा जनगुनासो र गाउँपालिकामा निर्बाचित भैसकेपछि हाल सम्मको प्रगतिको बारेमा सोधपुछको लागि हाजिर गराएर सोधपुछ गरेको उक्त पार्टीका अछाम कार्यालय सचिब लक्ष्मणले कसे न्युजलाई जानकारी दिए । गत असाेज महिना सम्म अछाममा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा वढि खर्च भएको थियो ।

त्यसमध्य तुर्माखाद गाउपालिकाले मात्रै १ कराेड ६ लाख ६२ हजार दुई सय साेर्ह रुपैया खर्च भएको तथ्य गत असाेजमा सार्वजनिक गरेको थियो। सोही विषयमा व्यापक जनगुनासो आएपछि गाउपालिका अध्यक्ष शर्मालाई जनअदालतमा कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरेको नेकपाले जनाएको छ । कोरोना महामारीकै विचमा अछाममा अधिकांश स्थानिय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोमा व्यापक अनियमितता भएका उजुरीहरु जनपरिषद्को कार्यालयमा परेको नेकपा स्रोतले बताएको छ ।

आफुहरु सवै तहको अध्यायन र अनुगमन गरिरहेको र यदी अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपालको निर्देशिकाको आधारमा कार्वाही गरी छोड्ने अछामका जिल्ला जनपरिषद् प्रमुख सौगातले वताए । गाउँपालिका अध्यक्ष शर्मालाई जनअदालतमा सोधपुछ गरी ७ दिनमा जवाफ दिनेगरी छोडिएको वताइएको छ । यस विषयमा विस्तृत वुझ्नका लागि हामिले गाउँपालिका अध्यक्ष पुष्पराज शर्मालाई सम्पर्क गर्न खाेज्दा उहाकाे फाेन उठेन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments