Incident Reports

महिला हत्याको आरोपमा पति र सुसुरा गिरफ्तार l

2014-05-23

Lumbini, Gulmi, Kaligandaki

Naresh Bhandari गुल्मी । ०७१ जेठ १० गते फोक्सिङ्ग गाविस-४ बैनढुँगाकी २६ वर्षीया कुमारी सार्कीलाई हत्या गरेको अभियोगमा पीडितका पति ३५ वर्षीय नरबहादुर सार्की र ससुरा ७७ वर्षीय दलबहादुर सार्कीलाई भुतुङ्ग प्रहरी चौकीले ०७१ जेठ ९ गते घरबाटै गिरफ्तार गरेको छ । सहमती बिना घरबाहिर हिँडेको आरोपमा जेठ ८ गते राती आगो फुक्ने फलामको पाईपले टाउको र छातीमा प्रहार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको इन्सपेक्टर निशान्त श्रीवास्तवले बताए । बाजेले हत्या गर्न उक्साउने र बाबाले ढुङ्ग्रीले प्रहार गर्ने गरेको भन्ने पीडितकी ८ वर्षीया छोरी उमा सार्कीको बयानको आधारमा आरोपिततलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको प्रहरी कार्यालयले जनायो । लासको जेठ १० गते तम्घास अस्पतालमा पोष्टमार्टम गराई आफन्तलाई बुझाइने अर्सइ सत्यनारायण यादवले बताए। नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis