Incident Reports

आगो लगाई जलाइएका बालकको उपचारका क्रममा मृत्यु l

2014-05-24

Binod Pandey बाँके । ०७१ जेठ १० गते आफ्नै काका २५ वर्षीय सद्दाम सल्मानीले आगो लगाई घाइते भएका जैसपुर गाविस-१ का तीन वर्षीय बालक रियाजुल सल्मानीको जेठ १० गते उपचारको क्रममा काठमाडौँस्थित कान्तिबाल अस्पतालमा मृत्यु भएको छ । जेठ ६ गते सद्दामले भाउजु २२ वर्षीया चादँनी सल्मानी, उनकी पाँच वर्षीया छोरी मरियम सल्मानी तथा छोराहरु तीन वर्षीय रियाजुल र नौमहिनका छोरा रियान सल्मानीलाई पेट्रोल छर्केर लगाएका थिए । आगजनी पछि उनीहरुलाई भेरी अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उनीहरुको थप उपचारका लागि इन्सेक क्षेत्रीयकार्यालय नेपालगञ्जको अगुवाइ तथा साथी, फातिमा फाउण्डेसनको समन्वयमा जेठ ६ गते एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको थियो । घाइते मरियमको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको उपचारमा सङ्लग्न चिकित्सकले जानकारी दिएको घाइतेहरुलाई भेट्न कान्तिबाल अस्पताल पुगेका इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis