Incident Reports

बलात्कारको आरोपितलाई पाँच वर्षकैद l

2014-05-26

Bagmati, Sindhuli, Marin

Ananda Dahal सिन्धुली । ०७१ जेठ ९ गते स्थानीय एक महिलालाई बलात्कार गर्ने एक किशोरलाई जिल्ला अदालतले पाँच वर्षकैद सजायको फैसला गरेको छ । महादेवस्थान गाविस-२ का २७ वर्षीय रुपलाल माझीलाई एक २४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सिन्धुली जिल्ला अदालतले जेठ ८ गते पाँच वर्षकैद सजाय गर्ने फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको जेठ ८ गते बसेको एकल इजलासले बलात्कारका आरोपित माझीलाई उक्त कैद र पीडितलाई पाँच हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित महिला वैशाख ८ गते महादेवस्थान गाविसको बडीमुहानमा लागेको सोमबारे हाट बजारमा समान किनी आफ्नो घरतर्फजाँदै गर्दा सोही गाविस-२ सुनखानी घाघरखोलामा आरोपितले बलात्कार गरेको आरोपमा ०७१ वैशाख १७ गते प्रहरीले गिरफ्तार गरी जेठ २ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । जिल्ला अदालत नियमावली ०५० को नियम २३ (ग) बमोजिम लगातार सुनुवाई गरी सात दिनभित्रै मुद्दाको फैसला गरिएको जिल्ला अदालतका श्रेष्तेदार मनोज श्रीवास्तवले जनाए । बलात्कार र घरेलु हिंसा सम्बन्धी अदालतमा दर्ता हुन आएका मुद्दाहरूमा प्रतिवादी चुक्ता भएपछि तारेख नदिई लगातार सुनुवाई गर्ने निर्णय भए अनुसार यो मुद्दा फैसला गरिएको श्रेष्तेदार श्रीवास्तवले जनाए । अदालत, सरकारी वकिल कार्यालय र जिल्ला बारको समन्वयमा ०७१ वैशाख २३ गते दुई प्रकारका मुद्दामा शीघ्र तथा लगातार सुनुवाई गर्ने निर्णय गरेको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis