Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित थुनामा l

2014-05-26

Province 1, Jhapa, Arjundhara

Arjun Basnet झापा । ०७१ जेठ ९ गते बालिका बलात्कार प्रयास गरेको आरोपमा शनिश्चरे गाविस- ९ का ५५ वर्षीय लिलाबहादुर कार्की अदालतको आदेशले जेठ ८ गते पुर्पक्षको लागि थुनामा गएका छन् । जिल्ला अदालतमा भएको थुनछेकको आदेशको क्रममा आरोपितलाई थुनामा राखी कारबाही अघि बढाउने आदेश भएको थियो । सोही अनुसार झापा कारागार पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर भूपेन्द्र गिरीले बताए । आरोपितले वैशाख २० गते एक ४ वर्षीया बालिकालाई घरमा कोही नभएको समयमा बलात्कारको प्रयास गरेका थिए । स्थानीयले घटना बारे थाहा पाएपछि तत्काल प्रहरीमा खबर गरेका थिए । आरोपितलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण वैशाख २१ गते मेची अञ्चल अस्पतालमा भएको थियो । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis