Incident Reports

बलात्कारका आरोपितलाई थुनामा राख्ने आदेश l

2014-05-22

Province 1, Morang, Kerabari

Suk Dev Chaudhary मोरङ । ०७१ जेठ ९ गते केराबारी गाविस-२ का २८ वर्षीय मने भनिने यममणिकुमार तामाङ्गलाई जिल्ला अदालतले जेठ ८ गते बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडलको एकल इजलासले थुनछेकको बहस गर्ने क्रममा आरोपित तामाङ्गलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन् । वैशाख ११ गते एक १५ वर्षीया बालिकालाई याङसिला गाविस-३ स्थित आफन्तको घरमा बास बसेको अवस्थामा विभिन्न प्रलोभन दिई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालयमा वैशाख १२ गते पीडित परिवारले उजुरी दिएका थिए । घटनाका आरोपितलाई वैशाख १४ गते प्रहरीले गिरफ्तार गरेको थियो । उनी माथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इस्पेक्टर नवराज कार्कीले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis