Incident Reports

बालिका बलात्कारका आरोपित विरुद्ध उजुरी l

2014-05-26

Gandaki, Syangja, Putalibazar

The accused is at large, according to Inspector Hari Baruwal Sangeeta Bhatt स्याङजा । ०७१ जेठ ९ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नपा-६ का ३५ वर्षीय तेजबहादुर थापा विरुद्ध जेठ ८ गते बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । विद्यालय जाँदै गरेकी बालिकालाई आरोपितले सोही दिन बिहान बाटो छेकी हतियार देखाइ मार्ने धम्की दिई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बालिका घरमा आएर आफन्तलाई बताएपछि घटना सार्वजनिक भएको थियो । बालिकाको जेठ ८ गते नै जिल्ला अस्पताल स्वास्थ्य परीक्षण भयो । घटनामा संलग्न आरोपित भने फरार रहेको इन्सपेक्टर हरि बरुवालले बताए । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis