Incident Reports

सम्धीका घर आएका सिंहको शंकास्पद मृत्यु

2020-11-03

Sudurpashchim, Baitadi, Melauli, Ward 3

बैतडी । सम्धीको घर बैतडी पुगेका कैलालीका एक ब्यक्ति शंकास्पद रुपमा मृत अवस्थामा फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका ५० बर्षीय मानबहादुर सिंह मेलौली नगरपालिका ३ ढणौनमा मृत अवस्थामा फेला परेका हुन् ।

दशैंमा माइत आएकी बुहारीलाई घरमा बोलाउन मेलौली पुगेका सिंह मृत फेला परेको प्रहरीले जनाएको छ । सिंह ढणौन नजिकै रहेको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यस बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए । 

घरायसी मनमुटावका कारण झुण्डिएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । मृतक सिंह आफन्त घरबाट आएका र कानुनी प्रक्रिया अगाडी बढ्ने उनले बताए । सिंहले आत्महत्या गरेको भनिएता पनि मृत्युको कारण खुल्न सकेको छैन् । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कायालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports