Incident Reports

No translation available.

2014-05-27

Manohar Kumar Pokhrel सप्तरी । ०७० जेठ १३ गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३२ वर्षीय काकालाई जिल्ला अदालत सप्तरीले जेठ १२ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको आदेशले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको अदालतले जानकारी दिएको छ । आरोपितले घरमा सुतिरहेका बेला डरत्रास देखाई पहिलोपटक वैशाख ४ गते र त्यसपछि वैशाख १५ गतेसम्म चारपटक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा वैशाख १६ गते किटानी उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सखडाले आरोपितलाई वैशाख १६ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा वैशाख १६ गते स्वास्थ्य परीक्षण भएको थियो । आमाको चार वर्षअघि मृत्यु भएको र बुवा रोजगारका लागि भारतको पञ्जाबमा गएकाले वृद्धा हजुरआमासँग बस्ने गरेको पीडितले बताएकी छन् । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध वैशाख १७ गते जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतमा जेठ ११ गते पेश गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis