Incident Reports

हिरासतमा कुटपिट गरेको भन्दै प्रहरी विरुद्ध उजुरी l

2014-05-26

Bagmati, Sindhupalchok, Indrawati

सँग विवाद भएको विषयलाई निहुँ बनाएर पीडितलाई घरबाट गिरफ्तार गरी प्रहरी हिरासतमा राखेर कुटपिट गरेको स्थानीय देवप्रसाद बानियाँले बताए । उनले प्रहरीले कुटपिटपछि बेलुका ५ बजे पीडितलाई रिहा गरेको बताए । बानियाँले पीडित उपचारको चौतारा अस्पताल भएको र दुई दिनको उपचारपछि कानुनी उपचारका लागि पीडितलाई अदालत लैजान आफूले सहयोग गरेको बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालयका डिएसपीसँग सर्म्पर्क गर्दा उनले आफूलाई घटनाबारे जानकारी नभएको बताए । घटनाबारे इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख हरिकृष्ण खत्रीले गुण्डागर्दी गर्नेलाई प्रहरीले सामान्य रुपमा एक दुई थप्पडसम्म लगाएको हुनसक्ने भए पनि निर्मम रुपमा कुटपिट भने नगरेको बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis