Incident Reports

निजी क्लिनीक सञ्चालक अपहरणमा परेको आशङ्का l

2014-05-27

Madhes, Mahottari, Gaushala

INSEC Mid Regional Office काठमाडौँ । ०७१ जेठ १२ गते महोत्तरीको रामनगर गाविस-७ का ३२ वर्षीय रामलोचन महतो अज्ञात समूहको अपहरणमा परेको उनका साथी बेचन सेखले बताए । बेचनको मोबाइलमा जेठ १२ गते बिहान उनी अपहरणमा परेको म्यासेजको आधारमा अनुरसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । महतो आफ्नै घरबाट लक्ष्मीनीया गाविस-७ स्थित ससुराली जान्छु भनि ज २ प २७१५ नम्बरको मोटरसाइकलमा जेठ ११ गते साँझ हिँडेकोमा आज बिहान ७ः५२ बजे उनले प्रयोग गर्ने मोबाइल ९७२४४४६२०६ नम्बरबाट उनको साथी रामनगर-८ बस्ने बेचन सेखको मोबाइलमा यो मान्छे अपहरणमा परेको छ, मोटरसाइकल रामजानकी मन्दिर परिसरमा छ, भनेर म्यासेज आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित परिवारले अपहरणमा परेको म्यासेज बारे प्रहरीमा आजै बिहान खबर गरेपछि उनको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सई विजय भण्डारीले बताए । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी हरि शर्माले घटनाको अनुसन्धान गरिएको जनाइएको छ । रामनगर चिनी मिल अगाडि निजी क्लिनीक सञ्चालन गर्दै आएका उनी गए रातीदेखि अपहरणमा परेको बताइए पनि घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान थालेको प्रहरी स्रोतले जनायो । इन्सेक, मध्यमाञ्चल क्षेत्रीय कार्यालय

0 Comments

Related Reports
Related Trend Analysis