Incident Reports

प्रहरीको अनुसन्धान फितलो भएको आरोप l

2014-05-25

Binod Pandey बाँके । ०७१ जेठ १२ गते राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले प्रहरीको अनुसन्धान फितलो भएको आरोप लगाएकी छन् । जेठ ११ गते नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता अन्सारीले महिला माथि हुने घटनामा प्रहरीको अनुसन्धान फितलो हुँदा अभियुक्तले उन्मुक्ति पाउने गरेको आरोप लगाइन् । बाँकेमा महिला माथि भएका घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको बताउदै प्रहरी अनुसन्धानलाई वैज्ञानिक बनाउनु पर्ने बताइन् । 'ढिलो गरी अनुसन्धान गर्दा प्रमाण नष्ट हुने र पीडकले उन्मुक्ति पाउने गरेको छ ।' अन्सारीले भनिन् । अन्सारीले प्रहरी अनुसन्धान प्रति असन्तुष्टी जनाउँदै महिला माथि भएका घटनाको जाहेरी लिन समेत ढिला गर्ने गरेको आरोप लागाइन् । आगो लगाएर जलाइएका महिलाको वैज्ञानिक परीक्षण हुन नसकेको बताउँदै प्रत्येक विकास क्षेत्रमा विधिविज्ञान प्रयोगशाला हुनु पर्नेमा प्रवत्ता अन्सारीले जोड दिइन् । ग्रामीण क्षेत्रमा सचेतना मुलक कार्यक्रम पुग्न नसकेको भन्दै ग्रामीण क्षेत्रमा सचेतना मुलक कार्यक्रमको खाँचो भएको अन्सारीले औँल्याइन् । पछिल्लो समयमा भएका महिला हिंसाका घटनामा स्थलगत अध्ययन तथा अनुगमनका लागि अन्सारीको नेतृत्वमा महिला आयोगको टोली बाँके जिल्लामा आएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis