Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार l

2014-05-27

Province 1, Morang, Kerabari

Suk Dev Chaudhary मोरङ । ०७१ जेठ १२ गते एक १६ वर्षीया बालिकालाई केराबारी गाविस-६ स्थित डाँगीपिरे जङ्गलको चौरीमा सामूहिक बलात्कार गरेको आरोपमा जेठ ११ गते एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । केराबारी गाविस-५ का ३१ वर्षीय प्रकाश थापालाई सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका सई चन्द्र योगीले केराबारी गाविस-५ आमजुगीस्थित साथीको घर हिंडेकी बालिकालाई जेठ ९ गते तीन जना युवाहरूको एक समूहले जबजरजस्ती मोटरसाइकलमा चढाइ जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको बताए । पीडितको स्वास्थ्य परीक्षण बिपी प्रतिष्ठान धरानमा जेठ १० गते भएको थियो । पीडित पक्षले जेठ १० गते इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको थियो । गिरफ्तार भएको थापाको बारेमा अनुसन्धान भइरहेको छ भने सोही घटनाका आरोपित अशोक भन्ने रोबिन बस्नेत र पुष्प कार्कीको खोजी भइरहेको बेलबारीका सई चन्द्र योगीले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis