Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-05-25

Madhes, Mahottari, Bhangaha

INSEC Mid-Western Regional Office काठमाडौँ । ०७१ जेठ १२ गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिङयाही गाविस-१ का २५ वर्षीय नसिम अन्सारीलाई महोत्तरी जिल्ला अदालतले जेठ ११ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतको आदेश लगतै आरोपितलाई जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपितले बालिकालाई वैशाख ३ गते राती ८ बजेतिर घर नजिकैको बाँस घाँरीमा लगि बलात्कार गरेको आरोप छ । पीडित परिवारले वैशाख १७ गते किटानी जाहेरी दिएपछि सोही दिन आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो । बलात्कारका आरोपित अन्सारी उपर प्रहरीले वैशाख १७ गते मुद्दा दर्ता गरेको थियो । इन्सेक, मध्यमाञ्चल क्षेत्रीय कार्यालय

0 Comments

Related Reports
Related Trend Analysis