Incident Reports

बालिका बलात्कारका आरोपितहरु विरुद्ध उजुरी l

2014-05-27

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel सप्तरी । ०७१ जेठ १३ गते एक १६ वर्षीया बालिकालाई लौनिया गाविस-६ का २१ वर्षीय राधेश्याम खंग, २२ वर्षीय मनोज खंग, अर्जुन खंगसहितकाले सामुहिक बलात्कार गरेको भन्दै पीडितका बुवाले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितहरुले जेठ ९ गते राति घरमा सुतिरहेकी पीडितलाई नियन्त्रणमा लिई तीनसय मिटर पश्चिम-दक्षिण नहरको छेउ खाँडो खोला पारी पुर्‍याएर बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेठ १३ गते पीडितको बयान लिई अनुसन्धान कार्य सुरु गरिएको छ । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा जेठ १० गते स्वास्थ्य परीक्षण गरिएको थियो । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis