Incident Reports

बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु

2020-11-14

Lumbini, Rupandehi, Tillotama, Ward 11

३० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports