Incident Reports

भारत लाँदै गरेका दुई बालिकाको उद्धार l

2014-05-26

Komal Niranjan Bhat कञ्चनपुर । ०७१ जेठ १३ गते भीमदत्त नपा-४ स्थित बस पार्कबाट विवाह गर्छु भन्दै प्रलोभनमा फसाई मानव बेचबिखनका लागि भारत तर्फलाँदै गरेका दुई जना बालिकालाई जेठ १२ गते उद्धार गरिएको छ । डोटी जिल्ला रानागाँउ गाविस-४ का १५ र १६ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ भारत तर्फलाँदै गरेका सोही ठाउँका २० वर्षीय डबल विक र १८ वर्षीय शिव विकलाई सानाहातहरू संस्थाले बस पार्कबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । उद्धार गरिएका पीडित बालिकाहरू सानाहातहरू संस्थाको आवधिक केन्द्रमा राखिएको छ । आरोपितद्वय डबल विक र शिव विकलाईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रशाद चौधरीले उद्धार गरिएका बालिकाका परिवारलाई खबर गरी बोलाईएको र घटनाको अनुसन्धान भइरहेको बताए । कोमलनिरन्जन भाट

0 Comments