Incident Reports

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ

2020-10-12

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 17

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा पार्किङ गरेर राखेको दुई मोटरसाइकलमा आगजनी गरेको अभियोगमा दिवश रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ वर्षीय रानाभाटलाई मंगलबार पोखरा–१७ बिरौटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।  

स्याङ्जा पुतलीबजार घर भएका उनले असोज २६ मा राति पौने १२ बजे शिशुनिकेतन मार्गस्थित सन्तोष अर्यालयको स्टोर अगाडि पार्किङ गरी राखेको ग.१२प ८६९८ नम्बरको बुलेट र ग.७प ९७८८ नम्बरको होण्डा साइन मोटरसाइकलमा आगजनी गरेका थिए ।

बिरौटा बस्दै आएका दिवसले आफ्नो स्कुटरमा तेल सकिएको हुनाले मोटरसाइकलबाट तेल निकाल्ने क्रममा पेट्रोलमा चुरोटको आगो पर्दा आगलागी हुने पुगेको प्रारम्भिक बयान दिएका छन् ।

उनलाई प्रहरीले ‘आपराधिक उपद्रव कसुर’ मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports