Incident Reports

जातीय छुवाछुत गरेको भन्दै आमाबुवा विरुद्ध मुद्दा दर्ता l

2014-06-01

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota चितवन । ०७१ जेठ १८ गते अन्तरजातीय विवाह गरेकै कारण आफूहरूलाई घरबाट निकाला गरेको भन्दै भरतपुर नपा-३ बस्ने २० वर्षीय दिब्वेश पियाले बुवा ४५ वर्षीय दिनेश पिया, आमा ४० वर्षीया करुणा पिया लगायत घरपरिवार विरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् । दिब्वेशले आमाबुवा, हजुरबा हजुरआमा, ठूलोबाबु, काका र कान्छी आमा गरी ६ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुतमा मुद्दा दर्ता गराएका हुन् । अन्तरजातीय विवाह गरेकै कारण घरपरिवारले आफ्नी पत्नीबाट छुटाउन खोजेको र पछि गएर घरबाट नै निकाला गरेकोले बाध्य भएर उजुरी दिन परेको बताए । दिब्वेशले भरतपुर नपा-२ की संस्कृति घिमिरे विश्वकर्मासँग ०७० जेठ २ गते विवाह गरेको र दलीत जातकी केटीसँग विवाह गरेको भनि घरपरिवारले छुटाउन अनेकौँ प्रयास गरेको पीडितहरूले बताए । विवाह पश्चात उनीहरू घर बाहिर डेरा गरी बसेको बताउँछन् । लामो समयसम्म डेरा गरी बस्दा पनि घरबाट वास्ता नगरेपछि पीडित दुवैजना ०७० चैत २० गते घरमा जाँदा सबै मिलेर घरमा पस्न नदिई निकालेको जाहेरीमा उल्लेख गरिएको छ । जातीय भेदभाव विरुद्ध काम गर्दै आएका विभिन्न सङ्घसंस्थाले घरपरिवारसँग मिलाएर राखीदिन खोज्दा पनि घरपरिवारले अस्वीकार गरेपछि उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् । आरोपीतहरूलाई पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis