Incident Reports

बन्चरो प्रहार गरी पत्नीको हत्या l

2014-05-30

Karnali, Kalikot, Kalika

Kali Bahadur Malla कालीकोट । ०७१ जेठ १७ गते जिल्ला सदरमुकम मान्मवाट १२ किलोमिटर पूर्व कालिकामुग्राह गाविस-७ की ३० वर्षीया नैनकला शाहीको पति ३७ वर्षीय नवराज शाहीले जेठ १६ गते राति १० बजे बन्चरो प्रहार गरी हत्या गरेका छन् । फोइमहादेव गाविस माइतिघर भएकी शाहीलाई घरमा खान खाएर बसेको अवस्थामा घरयासी झगडा भएपछि पतिले टाउकोमा बन्चरो प्रहार गरेपछि घटना स्थलमै मृत्यु भएको हो । घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा जानकारी भएपछि जेठ १७ गते बिहान इन्सपेक्टर नेत्र बोहाराको नेतृत्वमा टोली घटना स्थलमा खटाइएको कालिकोटका प्रहरी प्रमुख डिएसपी लक्ष्मण गुरुङले जानकारी गराएका छन् । उनले अभियुक्त शाही फरार भएकोले खोज तलास भइरहेको बताए । मृतको लास पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याइएको डिएसपी गुरुङले जनाए । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis