Incident Reports

मापसेपछि कुटाकुट हुँदा एक जनाको ज्यान गयो

2020-11-21

Lumbini, Rolpa, Rolpa, Ward 5

मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। 

शनिबार राति दुई जनाबीच मापसेपछि  कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। 

कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आइतबार बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए। 

कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने  २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई  अनुसन्धान गरिरहेको जनाइएको छ। 

(रासस)

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports