Incident Reports

बालविवाहका आरोपित विरुद्ध उजुरी l

2014-05-31

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai खोटाङ । ०७१ जेठ १७ गते जालपा गाविस-६ का २१ वर्षीय भलकाजी राईलाई बालविवाह गरेको आरोपमा कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दिक्तेलमा जेठ १७ गते उजुरी दिएका छन् । आरोपितले माक्पा गाविस-४ भर भई माक्पा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय कोपिला राईलाई जबरजस्ती बालविवाह गरेको आरोपमा पीडित पक्षले जाहेरी दिएको हो । जालपा गाविसमा अदुवा खरिद गर्न आएको समय आरोपितहरुले विभिन्न नाटक रचेर आफूलाई जेठ ११ गते राती स्थानीय भलकाजी राईसँग जबरजस्ती विवाह गर्न लगाएर सिंदुर लगाईदिएको पीडितको भनाई छ । आफूले अस्वीकार गर्दागर्दै आरोपितको दाजु ३५ वर्षीय जापान राई र स्थानीय २४ वर्षीय मदन राई लगायतले आफूलाई जबरजस्ती विवाहको नाममा भलकाजीको घर भित्राएको पीडितले बताईन् । आफूलाई जबरजस्ती विवाह गराएर सदरमुकाम दिक्तेलसम्म कपडा र गरगहना लगाईदिन्छु भन्दै लगेको तर खार्मी गाविसहुँदै दोर्पाचिउरीडाँडासम्म पुर्‍याएपछि आफूले चिउरीडाँडा गाविसका गाउँलेलाई आफ्नो अवस्थाबारे जानकारी गराएको पीडितको भनाई छ । पीडितले चिउरीडाँडा गाविसका गाउँलेहरुलाई आफ्नो बारेमा बिस्तृत कुरा बताएपछि गाउँलेले प्रहरीमा खबर गरिदिएको बताईन् । जबरजस्ती विवाह गर्ने आरोपित भालकाजीलाई भने जेठ १७ गते नै चिउरीडाँडा प्रहरी चौकीबाट खटिएका प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । पीडितको उजुरी आफूहरु समक्ष आईपुगेको र मुख्य आरोपितलाई गिरफ्तार गरिएकाले कानुनी प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर रमेशकुमार देवले जानकारी दिए । यदि बालिकालाई उसको अभिभावकको मञ्जुरी बिना जबरजस्ती विवाह गराएको रहेछ भने कानुनी कारबाही हुने उनले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis