Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा अदालतमा मुद्दा दर्ता l

2014-05-30

Bagmati, Sindhuli, Golanjor

Anand Dahal सिन्धुली । ०७१ जेठ १६ गते डुडभन्ज्याङ्ग गाविस-१ बर्रेगाँउ घर भई महोत्तरी जिल्ला रामनगर गाविस-१ स्थित माईतिघरमा आस्रय लिँदै आएकी १९ वर्षीया मन्दिरा घिमिरेले जेठ १६ गते आफ्ना पति विरुद्ध सिन्धुली जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छन् । पति ३२ वर्षीय मनोज अधिकारीले कुटपिट तथा दुर्व्यवहार गरी खान लाउन नदिई अंश दिन समेत ईन्कार गरेको र पटक-पटक घर निकाला समेत गरेकोले पतिलाई कारबाही र आफूलाई अंश माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् । पतिले ०७० फागुन १० गते दोश्रो विवाह गरी आफूलाई फागुन २५ गते मरणाशन्न हुने गरी कुटपिट गर्दै घर निकाला गरेपछि माईतीको आस्रय लिई बस्तै आएको र हाल आफूले नियम अनुसार पाउने अंश माग गर्दा अंश दिन समेत ईन्कार गरेकोले अदालतमा मुद्दा दायर गरेको पीडितले बताइन् । पीडितले जिल्ला कानुनी सहायता समिति मार्फत अंश मुद्दा दर्ता गराएको सो समितिका अधिवक्ता प्रवीण हायूले जनाए । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis