Incident Reports

मानव बेचबिखनका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-06-02

San Bahadur Thapa कास्की । ०७१ जेठ १९ गते एक २१ वर्षीया महिलालाई विवाह गर्ने प्रलोभनमा मानव बेचविखन गरेको आरोपमा चार जनालाई जिल्ला अदालतले जेठ १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले आरोपित भक्तपुर जिल्ला दधिकोट गाविस-५ घर भई सराङकोट गाविस-२ बस्ने ३२ वर्षीय मदन खड्का, पोखरा उमनपा-१८ भेडीफाराम बस्ने ३१ वर्षीया ललिता नेपाली, चितवन जिल्ला खैरनी गाविस-१ घर भई नवलपरासी जिल्ला अरुणखोला बस्ने २२ वर्षीया सम्झना दराई, भक्तपुर जिल्ला दधिकोट गाविस-५ का ३२ वर्षीय रवीन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ । महिलालाई ०७० चैत ९ गतेदेखि ०७१ वैशाख १८ गतेसम्म विभिन्न ठाउँमा लगि विवाहको प्रलोभनमा पारी भाग्न, उम्कन नदिई यौन शोषण गरेको भन्दै पीडितका आफन्तले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनामा संलग्न आरोपितहरूलाई वैशाख १९ गते गिरफ्तार गरी मानव बेचबिखन तथा ओसार-पसार मुद्दामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । सनबहादुर थापा

0 Comments