Incident Reports

बाटोमा महिलासँग ठोक्किएको निहुँमा रौतहटमा युवकको हत्या

2020-11-30

Madhes, Rautahat, Brindaban, Ward 3

रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले आरोपी रविराम चमार, उसको बुबा लक्ष्मी राम चमार र विधालाल चमारलाई नियन्त्रणमा लिएको छ । साथै घटनामा प्रयोग भएको छुरासमेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको तथा घटना बारे थप अनुसंधान भैरहेको एसपी शाहले बताएका छन् ।

घटनाको प्रत्यक्षदर्शी तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवका अनुसार वडा ३ बिश्रामपुर गाउँसँगै चमारजातीको बसोबास भएको राम टोल रहेको छ । रामटोलमा गएराति  नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोक्किन जाँदा विवाद सुरु भएको थियो ।

भनाभन र सामान्य हात हालाहाल हुँदै आरोपि रविराम चमारले अचानक तरकारी काट्ने छुरा ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको मेयर यादवले बताएका छन् । लगतै एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारको लागि चन्द्रपुर पठाइ प्रहरीलाई खबर गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।

हिजो मात्र माधव नारायण नगरपालिकाका दलित दसैंरामको हत्याको घटना सुल्झिन नपाउँदै आज यस्तो घटना दोहरिएको छ । गत साउन २५ गते गरुडा नगरपालिका वडा ८ जिंगडियाका दलित युवक निरन्जन राम चमारको हत्या भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports