Incident Reports

डडेल्धुरामा राजतन्त्रसहित हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन

2020-12-02

डडेल्धुरा, १७ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाललाई राजतन्त्रसहित हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रदर्शन गरिएको छ ।आज बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले सदरमुकाममा चर्का नाराबाजीसहित मोटरसाईकल र्‍याली प्रदर्शन गरिएको हो ।

चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको गणतन्त्र बिरोधी र्‍याली बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भयो ।

युवाहरूले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र नेपाल जिन्दावाद’ ‘गणतन्त्र मुर्दावाद’ लगायतको नारा लगाउँदै संवैधानिक राजतन्त्र पुर्नबाहालीको माग गरेर प्रदर्शन गरे।

र्‍यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरू समेत सहभागि भएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments