Incident Reports

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी

2020-12-02

Karnali, Jumla, Chandannath

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् ।

मङ्गलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको छ ।

अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी तालाबन्दीका लागि गरिएको विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ । प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् ।

उपकुलपति राजेन्द्रराज वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य सङ्कायको डिन अनियमित तरिकाले नियुक्त गरिएको विषयमा विरोध गर्दै २४घण्टे अल्टिमेटम दिएको थियो । कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्रा डा रेशमबहादुर राना नियुक्त भएका थिए । असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते वाग्लेलाई नियुक्त गरेको थियो । गौतमपछि प्रतिष्ठानले डिन मेडिसिन प्रा डा रेशमबहादुर रानालाई नियुक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको हो । कोभिडको समयमा दुई जना डिनलाई खासै काम कम भएको समयमा अझै अर्का डिन नियुक्त गर्नु उपकुलपतिले पदावधि जाँदै गर्दा पदको दुरुपयोग गरेका र राज्यकोष सिध्याउन आफ्ना मानिसको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावधि सकिँदैछ ।


सोही दफामा आवश्यकतानुसारका पदाधिकारी नियुक्त गर्ने अधिकार पनि छ । उपकुलपति वाग्लेले पछिल्लो तेस्रो डिनमा नियुक्त गरेका महालक्ष्मी नगरपालिका–२ ललितपरका प्रा डा मुनिराज क्षेत्रीलाई ऐनको दफा २३ उपदफा १ अनुसार नियुक्त गरिएको नियुक्तिमा उल्लेख छ । तर एउटै पदमा तीन जना पदाधिकारी नियूक्त गर्नु राम्रो नभएको कर्मचारीले बताउँदै विरोध जनाएका छन् ।









Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments