Incident Reports

हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाको प्रदर्शन

2020-12-04

Bagmati, Makawanpur, Hetauda

हेटौँडा, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा प्रदर्शन गरेको छ। 

शुक्रबार पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको मोटरसाइकल र्‍यालीले बजारका महत्वपूर्ण स्थानको परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो।

शहर परिक्रमा पश्चात सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने बताए। कांग्रेस र कम्युनिष्टको नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले  राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रबाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले बताए।  पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments