Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-12-08

Bagmati, Nuwakot, Likhu, Ward 1

नुवाकोट, लिखु गाउँपालिका-१ लिखु पुलस्थित सडकमा सोही ठाउँ बस्ने ४५ बर्षीय पुरुषलाई कुटपिट गरेको अभियोगमा बा.२ ख २३८६ नम्बरको बसका सहचालक ओखलढुङ्गा सिम्ले घर भएका २३ वर्षीय जिबन बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बस्नेतले ती पुरुषलाई कुटपिट गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले कुटपिटमा संल्न बस्नेतलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीतर्फ  पठाइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports