Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-06-04

Bagmati, Sindhuli, Kamalamai

Ananda Dahal सिन्धुली । ०७१ जेठ २१ गते जलकन्या गाविस-७ का २० वर्षीय नेत्रकुमार देवकोटा एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ २१ गते पुर्पक्षको लागि थुनामा गएका छन् । सिन्धुली जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले आरोपितलाई पुर्पक्षकोलागि थुनामा राख्ने आदेश दिएपछि उनीहरु जेल गएका हुन् । आरोपितले स्थानीय एक बालिकालाई वैशाख १८ गते साँझ आफ्नै घरको कोठामा लगि बलात्कार गरेको आरोपमा जेठ ९ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो । बलात्कार गरी आरोपित काठमाडौँ तिर भागेपछि आफू काठमाडौँमा गएर खोजि गरेको र ललितपुरमा बसेको जानकारी पाएपछि महानगरिय प्रहरी परिसर ललितपुरमा उजुरी गरेको पीडितका बुबाले बताए । आरोपितलाई महानगरिय प्रहरी परिसर ललितपुरले गिरफ्तार गरी जेठ ९ गते नै सिन्धुली पठाइदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो । पीडित बालिकाको जेठ ९ गते ललितपुरको पाटन अस्पतालमा स्वास्थ परीक्षण गरिएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis