Incident Reports

बिहेमा मदिरा पिएर आमालाई पिटेपछि माइत आएर छोरी अनिशाले गरिन् बुवाको हत्या

2020-12-09

Province 1, Udayapur, Sunkoshi, Ward 2

उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ परेकी छिन्।

२८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हो।

लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाउँ बस्ने अनिशाले ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भीम दाहालले सेतोपाटीलाई जानकारी दिए।

दाहालका अनुसार नेत्रबहादुर मंगलबार साँझ गाउँकै एउटा बिहेमा गएका थिए। बिहेमा मदिरा सेवन गरेर घर फर्किएपछि उनले श्रीमती अस्मितालाई कुटपिट गरे।

कुटपिट गरेको खबर अस्मिताले भोलिपल्ट छोरी अनिशालाई सुनाइन्। त्यसपछि अनिशा माइत आएर आमालाई किन कुटेको भन्दै नेत्रबहादुरमाथि कुटपिट गर्न थालिन्।

‘लाठी-मुङग्रीले कुटपिट गर्ने क्रममा नेत्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो,’ दाहालले भने।

दाहालका अनुसार अनिशा बुधबार दिउँसो २ बजे माइती आइपुगेकी थिइन्। त्यसपछि उनले बुवालाई कुटपिट गर्न थालेकी थिइन्।

यो खबर पाएपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले अनिशालाई पक्राउ गरेको थियो।

घटनास्थल उदयपुर सदरमुकामबाट पाँच घन्टा टाढाको दुरीमा पर्छ। घटनास्थल मुचुल्का उठाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको दाहालले बताए।

घटना आवेगमा भएको देखिएको दाहालले बताए। ‘क्षणिक आवेगमा आएर कुटपिट गर्दा अनिशाबाट आफ्नै बुवाको हत्या भएको देखिन्छ,’ दाहालले  भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports