2020-11-13
Province 1, Morang, Uralabari, Ward 9
गत कात्तिक २८ गते उर्लाबारी-९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समूहका तीन जना पक्राउ परेका छन्।
घटनालगत्तै उनीहरू पक्राउ परे पनि राजनीतिक दलका स्थानीय नेताको दबाबमा केही घण्टापछि छुटेका थिए।
व्यवसायी लामा साथीहरूसँग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आक्रमणमा परेका थिए। उर्लाबारी-८का प्रज्वल गौतम नेतृत्वको ८/१० जनाको समूहले लामालाई कुटपिट गरेका थिए।
घरेलु हतियारसहित आएको समूहको आक्रमणले बेहोस भएका लामालाई तत्कालै विर्तामोडको बिएण्डसी अस्पताल पुर्याएर उपचार गरिएको थियो।
बिहीबार इलाका प्रहरी कार्यालय उर्लाबारीले आक्रमणमा संलग्न उर्लाबारी-८ कागौतम, केशव घिमिरे र खेमराज ओझालाई नियन्त्रणमा लिएको हो।
आक्रमणमा संलग्न प्रज्जवल सत्तारुढ नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतमका छोरा हुन् भने घिमिरे उर्लाबारीस्थित सुनगाभा बोर्डिङका शिक्षक र खेमराज ओझा पशु प्राविधिक हुन्।
पक्राउ परेका तlनै जनालाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए। उनीहरूलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको पोखरेलले बताए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Homemade/traditional firearms |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 10 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance