Incident Reports

घरेलु हिंसाको आरोपमा बुहारीद्वारा सुसुरा विरुद्ध उजुरी l

2014-06-02

Narendra Singhi Khahi दार्चुला । ०७१ जेठ २१ गते हुती गाविस-३ की ४० वर्षीया जानकी बमले आफूलाई गालीगलौज गरी घरेलु हिंसा गरेको आरोपमा ससुरा वीरबहादुर बम विरुद्धमा जेठ २० गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दिएकी छन् । खलंगाबाट एक दिनको पैदल दुरीमा पर्ने हुती प्रहरी चौकीमा गाली गलौचबारे निवेदन दिए पनि मिलापत्र हुन नसकेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताइन् । ससुरा बमले घरमा आफूलाई विभिन्न लाञ्छाना लगाई ससुराले गालीगलौज गर्ने गरेको कारण आफूलाई घरमा बस्न असहज भएको भन्दै प्रहरीमा न्यायका लागि उजुरी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए । स्थानीय प्रहरी चौकी हुतीमा जेठ १४ गते उजुरी दिए पनि स्थानीय गाउँले र परिवारका सदस्यहरूले जबरजस्ती मिलापत्र गर्नु पर्छ भन्दै दबाब दिएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिनु परेको पीडितले बताइन् । ससुरालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ल्याएपछि दुवै पक्षबीच छलफल गराइने जिल्ला प्रहरी कार्यालयले जनायो । नरेन्द्रसिंह कार्की

0 Comments

Related Reports
Related Trend Analysis