Incident Reports

राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा राप्रपाले गर्‍यो ललितपुरमा प्रदर्शन

2020-12-18

काठमाडौँ – राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन थालेको छ । राप्रपा ललितपुर समितिले शुक्रबार राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली गरेको छ ।

बागमती करिडोर कुपोन्डोलबाट सुरु भएको र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुनेछ ।

पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका बेला राप्रपाले पनि थालेको हो ।

राप्रपा ललितपुर समितिले शुक्रबार गरेको प्रदर्शनका केही तस्बिरहरु देश सञ्चारका रविन आचार्यले खिचेका छन् ।

             

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments