Incident Reports

जातीय छुवाछुत गर्नेलाई अदालतद्वारा जरिवाना l

2014-06-09

Bagmati, Sindhupalchok, Indrawati

Natibabu Dhital सिन्धुपाल्चोक । ०७१ जेठ २५ गते गाविस-७ का इश्वरी आचार्यलाई जिल्ला अदालतले जेठ २५ गते एक हजार जरिवाना गरेको छ । जिल्ला अदालतका जिल्ला न्यायधीश अजयराज उपाध्यायको इजलाशले सो निर्णय गरेको हो । आरोपितले सिपापोखरे गाविस-७ का धनबहादुर रोक्का, चन्चली रोक्का र साही गाविस-८ का अनिस मगरान्तीले भोटसिपा गाविस-७ स्थित श्री चन्डेश्वरी उमाविमा एसएलसी परीक्षा दिन आउँदा ०६९ चैत २ गते घरमा बास बसेको बेला दलित भएका कारण बास बस्न नदिएको आरोप थियो । आरोपित बिरुद्ध पीडितहरुले ०६९ चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा जातिय छुवाछुत बिरुद्ध उजुरी गरेको थिए । दलित भएका कारण गैरदलितको घरमा बस्ने कोठा नपाएका पीडित विद्यार्थीहरु भोटसिपा गाविस-५ स्थित दलित बस्तीमा बसेर एसएलसीको परीक्षा दिएको पीडितपक्षले जानकारी गराएका थिए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis