Incident Reports

प्रहरी र स्थानीयवासीबीच झडप l

2014-06-06

Madhes, Siraha, Karjanha, Ward 3

Durga Pariyar सिरहा । ०७० जेठ २४ गते मिर्चैया नपा-७ स्थित घुर्मी खोलाको पुलमा जेठ २४ गते स्थानीयवासी र प्रहरी बीच लोकमार्ग खुलाउने क्रममा भएको झडपमा परि नेपाल प्रहरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाल, इन्सपेक्टर पदम थपलिया, वेदप्रसाद गौतम, सन्तोष निरौला सहित २४ जना प्रहरी घाइते भएका छन् भने सश्स्त्र प्रहरीका इन्सपेक्टर पशुपति खनाल सहित आठ जना घाइते भएको सिरहाका एसपी पूर्णचन्द्र जोशीले बताए । प्रहरी जवान अजय चेम्जोङ्गलाई स्थानीय फूलकुमारी महतो अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि विराटनगर पठाइएको छ भने अन्य घाइतलाई स्थानीय फूलकुमारी महतो तथा रेखा नर्सिङ्ग होम मिर्चैयामा उपचार भएको एसपी जोशीले बताए । झडपमा परि स्थानीयहरु मिर्चैया नपा-१० की ४५ वर्षीया अन्जु सिह, ४५ वर्षीय उदय सिंह, ४५ वर्षीय सतमोहन मंडल, ५० वर्षीय उपेन्द्र सिंह, ५० वर्षीय विजय सिंह लगायत १६ जना घाइते भएको पीडित विजय सिंहले बताए । घाइते मध्ये अन्जु सिँह, उदय सिंह र सतमोहन मन्डललाई विराटनगर स्थित न्यूरो अस्पतालमा थप उपचारको लागि पठाएको सिँहले बताए । मिर्चैया नपा-१० की एक युवतीलाई वैशाख २९ गते इटारी प्रसाहीका एक युवकले अपहरण गरी लगेको आरोप लगाउँदै, युवतीलाई खोज तलास गरी र्सार्वजनीक गर्न प्रहरीलाई दबाब दिनको लागि पूर्वपश्चिम राजमार्ग अन्तरगतको घुर्मी खोलाका नजिक स्थानीयहरुले अवरुद्ध गरेको सडक खुलाउन प्रहरीहरुले प्रयास गर्दा स्थानीयहरुले ढुङ्गामुढा, लाठी प्रहार गरेपछि झडप सुरु भएको लहानका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । ढुङ्गा प्रहारबाट प्रहरीहरु घाइते हुन थालेपछि स्थितीलाई नियन्त्रनमा लिन नेपाल प्रहरीले ३० सेल अश्रु ग्यास र ५ राउण्ड हवाई फायर तथा सशस्त्र प्रहरीले १३ सेल अश्रु ग्यास प्रहार गरेको मिर्चैयाका इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । प्रमुख जिल्ला अधिकारी मोहमद अब्दुल खाँ, एसपी पूर्णचन्द्र जोशी, सशस्त्रका एसपी विजय पण्डित तथा स्थानीयहरु राम दयाल यादव, पवित्र यादव, रामबाबू यादव, अधिकारकर्मी जिवछ साह, लीलानाथ श्रेष्ठ सहितको वार्ता टोली बसी आइन्दा बन्द हडताल तथा तोडफोड नगर्ने, घाइतेहरुको उपचार सरकारले गराउने, अपहरणको जाहेरी आए मुद्दा दर्ता गर्ने, युवतीलाई तदारुकताका साथ खोज्ने मौखिक सहमति भएको अधिकारकर्मी जिवछ साहले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis