Incident Reports

नगरपालिकाको जेनेरेटरमाथि प्रेसरकुकर बम फेला, नेपाली सेनाद्वारा डिस्पोजको तयारी

2020-12-22

Madhes, Siraha, Sukhipur, Ward 8

सिराहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा रहेकाे जेनेरेटरमाथि प्रेसरकुकर बम भेटिएको छ ।

सुखीपुर– ८ सुखीपुर बजारस्थित नगर कार्यपालिकाका सरसफाइ कर्मचारीले मंगलबार बिहान सरसफाइ गर्ने वेलामा मूल गेटनजिकै राखिएको कालो ब्यागमा प्रेसरकुकुर बम देखेपछि प्रहरीलाई खबर गरिएको नगर प्रमुख रामऔतार यादवले बताए । 

नगर कार्यपालिका कार्यालय परिसरमा बम फेला परेको सूचना पाएलगत्तै मंगलबार बिहान १० बजेदेखि नै इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतार, सुखीपुर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पबाट गएर प्रहरीले नगर कार्यपालिकालाई सुरक्षा घेरामा राखेको नगर प्रमुख यादवले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार नगर कार्यपालिकामा भेटिएको बमजस्तो शंकास्पद वस्तु के हो भन्ने यकिन गरी डिस्पोजका लागि चाेहर्वास्थित नेपाली सेनाको शेर गणसँग समन्वय गरिएको छ । शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले गणबाट डिस्पोजल टोली घटनास्थल पुगेर चेकजाँच गरिरहेको बताए । 

स्थानीय तहमा तेस्रोपल्ट बम फेला

त्यसअघि गत वर्ष १३ मंसिरमा सिराहाको धनगढीमाई र कल्याणपुर गरी दुई ठाउँमा प्रेसरकुकर बम भेटिएको थियो । सिराहाको धनगढीमाई नगरपालिका– १० स्थित नगर कार्यपालिकाको मेयरको कार्यकक्ष रहेको भवनको ढोकाअगाडि र कल्याणपुर– १२ बेलहा गाउँनजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले डिस्पोज गरेको थियो । 

धनगढी जिरोमाइलको बीचमा पर्ने नगरपालिकाको मूल प्रशासनिक भवनको दक्षिणपट्टि मेयरको कार्यकक्षसमेत रहेको भाडामा सञ्चालन गरिएको दुईतले घरको निलो प्लाष्टिकको झोलामा भेटिएको प्रेसरकुकर बम सेनाको टोलीले सुरक्षित ढंगले डिस्पोज गरेको थियो ।

त्यस्तै, कल्याणपुर १२ बेलहा गाउँको पुछारमा रहेको मस्जिदनजिकै सडकमा त्यही राति भेटिएको प्रेसरकुकर बम राति नै चोहर्वाबाट गएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports