Incident Reports

नेकपा विवादको प्रभाव : सल्यानमा दुबै पक्षले पार्टी कार्यालयमा लगाए ताला

2020-12-22

Karnali, Salyan, Bagchaur

सल्यान, ७ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद जिल्ला तहमा पनि फैलिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपि शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समुहको विवाद सल्यानमा पनि देखिएको छ ।

दुबै समुहको विवादलाई लिएर नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा आफ्नो दावि गर्दै दुवै समुहले तालावन्दी गरेका छन् ।

पार्टी कार्यालयमा तालाबन्दी गरेपछि दुवै समुह विच तनावको अवस्था बनेपछि अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यता पार्टी भित्रको विवादलाई लिएर नेकपा बागचौर नगर कमिटीको बैठक बसेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका बागचौर नगर कमिटी सचिव तथा बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले ‘संघिय लोकतान्त्रीक गणतन्त्र बिरोधी तत्वका विरुद्ध पार्टी नगर कमिटीको बैठक बस्ने जानकारी सहित सोमबार सामाजिक संजाल मार्फत जानकारी गराएका थिए ।

सोहि अनुसार बागचारमा नगर इन्चार्ज टिकाराम वलीको अध्यक्षतामा बैठक बसेको छ । प्रधानमन्त्रीले आईतबार संसद बिघटन गरेपछि नेकपा पाटी विभाजन तर्फ उन्मुख भएको छ । सोमबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री वलीले आफुले बाध्य भएर संसद बिघटन गरेको र ताजा जनादेशमा जाने बताएका थिए ।

आफ्नै पार्टीका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएर आफुलाई हटाउन थालेपछि संसद बिघटन गरेको उनको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments