Incident Reports

ड्रग्सले लठ्याएर वुद्धवृद्धामाथि कुटपिट

2020-12-16

Gandaki, Kaski, Machhapuchchhre, Ward 4

रात झमक्कै परिसकेको थियो । माछापुुच्छ«े ४ लाहाचोकका रघुनाथ अधिकारी (७२) गोठमा भैंसीलाई पराल हालेर घर छिरे । 

 टिभी हेर्न टिभी अघिल्तिर बसे । उनकी श्रीमती विष्णुमाया अधिकारी भान्सामा थिइन् । भात तरकारी पकाएर उनी पनि श्रीमानसँगै टिभी हेर्न बसिन् । सँगै जोडिएको घरमा थिए विजय अधिकारी । 

टिभी हेरेर खाना खाने समय भएपछि रघुनाथ विष्णुमाया दम्पत्ती कोठा बाहिर निस्कने तर्खरमा थिए । उठ्ने तर्खरमा रहेका अधिकारी दम्पत्तीलाई कसैले एक्सासि लठ्ठ पारिदियो ।

को, कति जना र किन त्यसो ग¥यो, दम्पत्तीले चाल पाएनन् । भोलिपल्ट पुस २ गते मात्र उनीहरुको होस फिस्टेल अस्पतालमा खुल्यो ।  उनीहरु ऐया र गुहारसमेत भन्न नपाउने गरी मरणसान्न कुटपिटमा परे । सँगै घर जोडिएका विजयको परिवारले समेत त्यस घटनाको चाल पाएन । 

२ पुस बिहानमा ठूलाबा, ठूलीआमाको हालत देखेपछि विजयले प्रहरीलाई खबर गरे । 

‘हाम्रो घरसँगै जोडिएको छ, तर हामीले केही आवाज नै सुनेनौं, भोलिपल्ट बिहान हेर्दा चिन्नै नसक्ने रुपमा उहाँहरु भेटिनुभो,’ फिस्टेल अस्पतालमा भेटिएका विजयले भने । 

 अहिले रघुनाथ अधिकारी फिस्टेल अस्पतालको आइसियुमा छन् । उनको आँखामुनिको हड्डीको शल्यक्रिया गर्ने तयारी छ । विष्णुमाया अधिकारी भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । 

 उनी अझै तंग्रिन भने सकेकी छैनन् । मेसोमेलो केही पाउन सकेकी छैनन् । होस खुलेर पनि खुलेजस्तो नभएको विजयले सुनाए । अस्पताल स्रोतका अनुसार अधिकारी दम्पत्तीलाई ‘ड्रग्स’ को प्रयोगले अचेत पारिएको थियो र हतियारले अनुहारमा मात्र प्रहार गरिएको छ । अधिकारी परिवार भने पुराना झैझगडालाई लिएर हत्या गर्ने सोचमा घटना घटाइएको हुनसक्ने बताउँछ । 

 ‘१÷२ वर्ष पुराना झगडा लिएर घटना घटाएको हुनसक्छ, तर जसरी घटना घटाइएको छ, त्यो हेर्दा बाहिरकै मान्छे आएर गरेको पनि हुनसक्छ,’ विजय अधिकारीले भने । जिल्ला प्रहरी कार्यालय, कास्कीकी निमित्त प्रवक्ता कृष्ण बस्यालका अनुसार घटनामा अहिले कोही पनि अनुसन्धानका लागि पक्राउ परेका छैनन् । 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments